आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका अन्सारी पक्राउ
वीरगंज, २८ भदौ ।
नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगंज महानगरपालिका–२४ का ३३ वर्षीय फुलहसन अन्सारी ९विवेक सिंह० लाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।
ज्यानसम्बन्धी कसुरमा र सर्वस्वसहित जन्मकैदको सजाय भोगी सकेका अन्सारी पछिल्लो समय विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गतको मुद्दामा फरार थिए। प
र्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालका अनुसार अन्सारी २०७६ साउन २४ गते वीरगंज–४ स्थित बिर्ता बजारमा तथा २८ गते वडा नम्बर ८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पडकाउने गिरोहका नाइके हुन्।
उक्त घटनामा संलग्न वीरगंज–२४ का इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली तथा बिष्फोटक पदार्थ ९सुतली बम० सहित पक्राउ परेका थिए। मुख्य योजनाकार फुलहसन भने भारतमा लुकिछिपी बस्दै आएका थिए। उक्त घटनामा संलग्न तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ। तीनै जना कैद सजाय भोगिरहेका छन्।
फुलहसनको हकमा मुद्दा मुल्तबी रहेको थियो। उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाएर बसेको खुलेको डिएसपी खनालले जानकारी दिए।
'बेलाबखतमा भारतीय बजार रक्सौल आएर वीरगंजका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको थुप्रै मौखिक उजुरी प्रहरीमा आएका छन्' खनालले भने,'उनले केही दिनभित्रै वीरगंजमा घटना घटाउने योजना बनाएको सूचना आएकाले भारतीय प्रहरी समेतको सहयोगमा खोजतलास भइरहेको थियो। सोही क्रममा आज बिहान ४ बजे आफ्नो घर आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।'
यस्तो छ फुलहसनको आपराधिक पृष्ठभूमि
फुलहसन २०६५ पुस ७ गते वीरगंज–१३ का राजेश क्याललाई गोली हानी हत्या गर्ने घटनामा पनि संलग्न थिए। प्रहरीले उनलाई १० दिनपछि पुस १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो। उक्त घटनामा फुलहसनविरुद्ध तीन तहकै अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो।
कैद भुक्तान गरिरहेका उनलाई दसैंको अवसरमा सरकारले २०७४ असोज ८ गते ५६५ बाँकी कैद मिनाहा गरेको थियो। जेलबाट छुटेपछि उनी पुनः आपराधिक कृयाकलापमा संलग्न हुँदै आएको डिएसपी खनालले जानकारी दिए।
'उनी वीरगंज–२० अपौनीको विभिन्न अपराधमा संलग्न विदेशी साहको समूहमा आवद्ध भई थुप्रै आपराधिक घटना घटाएको बुझिएको छ', खनालले भने,'आफ्नो पहिचान बदली भारतको मुजफ्फरपुरमा बसी केही व्यक्तिहरूमार्फत फिरौती लिने लगायतका कृयाकलाप गरिरहेको बुझिएको छ, त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।'

Comments
Post a Comment