पोखरीमा डुबेर बारामा ६ वर्षीया बालिकाको मृत्यु
वीरगञ्ज– बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
पोखरीमा नुहाउने क्रममा डुबेर सिम्रौनगढ नगरपालिका–१ निवासी जितन मुखियाकी छोरी ६ वर्षीया सुमन कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी बुधबार परेको जितिया पर्वको अवसरमा आमासँगै सोही स्थानमा रहेको पोखरीमा नुहाउन गएकी थिइन्। सोही क्रममा बालिकाको पोखरीमा डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
बालिकाको शव सिम्रोनगढ अस्पतालमा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको मिश्रले बताए।
https://ift.tt/eA8V8J
Comments
Post a Comment