मतदाता नामावलीमा नाम समावेश गर्न अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरूको भिड बढ्दै


बीरगंज ११ असोज।  
 
मतदाता नामावलीमा नाम समावेश गर्न अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरूको भिड बढ्दै गइरहेको छ । 

दैनिक भिड बढ्न थालेपछि प्रशासन कार्यालयलाई भिड व्यवस्थापन गर्न हम्यहम्य परेको छ । कर्मचारी अभावसँगै साँगुरो ठाउँ भएकोले सेवाग्राहीहरू भुईँमा बस्न बाध्य भएका छन् । टन्टलापुर घाममा नागरिकता लिनका लागी लाइन बस्नेहरूको समस्या उदेक लाग्दो छ । पसिनाले नागरिकता फारम भिजेर सेवाग्राही उल्टै हैरानी खेप्न बाध्य भएका छन् । 

निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन सुरु गरेपछि नागरिकता लिनेहरूको अहिले भिड बढेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । 

मतदाता नामावली छुट भएकाहरू अहिले एक्कासि नागरिकता लिने आएपछि भिड बढेको पौडेलले बताउनुभयो । भिड जति भए पनि दैनिक ७०र८० वटा नयाँ नागरिकता तथा ३०र४० वटा प्रतिलिपि वितरण हुने गरेको छ । 

मतदाता नामावली सङ्कलन कार्य सुरु भएपछि दुधेबालक काखमा च्यापेर महिलाहरू समेत नागरिकता लिन आएका छन् । 

भोट आफ्ना पक्षमा पर्नका लागी गाउँ टोलका अगुवा नेताहरूले आफ्नै खर्चमा नागरिकता नहुँदा मतदाता नामावलीमा नाम नभएकाहरूलाई बीरगंज ल्याएको समाचार स्रोतले जनाएको छ । 

नेताहरूले नाम छुट भएकाहरूलाई गाडी भाडा देखी फारम भर्ने तथा नागरिकता बनाई मतदाता नामावलीको लागी फोटो खिचाउनेसम्म काम गरी मतदातालाई खुशी पार्ने अभियानमा जुटेका छन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प