कर्मचारी घुस रकमसहित पक्राउ


जनकपुर,०५ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र सप्तरी प्रहरीको संयुक्त टोलीले सोमवार घरेलुका कर्मचारी विरेन्द्र साहलाई पक्राउ गरेको हो ।
सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाका अनुसार साहलाई सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा पक्राउ गरेको हो । पक्राउ परेका साह नायब सुब्बा हुन् ।
आवश्यक अनुसन्धानको लागि कर्मचारी साहलाई अख्तियारको कार्यालय इटहरी लगिएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प