कलैयाको मुख्यबजार क्षेत्रको बिभिन्न स्थानमा पार्किङ नहुँदा आवागमनकर्मीलाई समस्या

वीरगंज,११ असोज । 
कलैयाको मुख्यबजार क्षेत्रको बिभिन्न स्थानमा पार्किङ नहुँदा आवागमनकर्मीलाई समस्या हुनेगरेको छ । कलैया बजार तथा सम्बन्धीत कार्यालयको पार्किङस्थल नहुँदा सडकमै सवारी साधनहरू पार्कि« हुनेगर्दा सवारी तथा पैदल यात्रीलाई समस्या परेको हो ।
सेवाग्राहीले कलैयाको मालपोत, भूमिसुधार, नापी कार्यालय र जिल्ला अदालतसहितका अन्य स्थान घण्टाघर दायाँबायाँ, बजारका सडकमै साईकल, मोटरसाईकल, कार लगायतका सवारीसाधन पार्किङ गर्दा सडकमा सवारी सञ्चालनमा अवरोध भई समस्या हुनेगरेको चालक तथा बटुवाहरूको गुनासो छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालय, मच्छरहट्टा चोक, महाबीर स्थान, दही बजार, लगायतका सडकखण्डमा पिकअप भ्यान, ट्याक्टर, ट्रक मोटरसाईकल लगायत हलका सवारीसाधन जथाभाबी पार्किङ गरिएका कारण दैनिक सडकजाम भई ट्राफिक व्यवस्थापनमा समस्या हुनेगरेका छन् ।
यसैगरी कलैया उपमहानगरपालिका बजार क्षेत्रमा, दर्जनौ संख्यामा रहेका बैंक, बित्तिय संस्था र सम्बन्धीत कार्यालयले सवारीसाधन पार्किड्ढा लागि उचित स्थानको व्यवस्था नगर्दा त्यस कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरूको सवारीसाधनले समेत बाटोमै पाकिङ गर्ने गरेकाले अनाहकमा सर्वसधारणले सास्ती भोग्नुपरेको नागरिक समाज बारा कलैयाका अध्यक्ष उमेशलाल दासले बताउनुभयो।
घर साहुले पहिलादेखि निर्माण गरेका पक्की घरमा नै पार्किड्ढो उचित व्यवस्था नगरेको कारण यहाँ आउने सेवाग्रहीहरूले जथाभावी सडकमै पार्किङ गर्नेगरेको एनसीसी बैंक कलैयाका प्रबन्धक अमित चौधरीले बताउनुभयो । कलैयामा रहेका कुनै पनि बैंक तथा बित्तिय संघ, संस्थाहरूले पार्किङ राखेको छैन् उहाँले भन्नुभयो ।
निजि तथा सरकारी सवारीसाधनहरू सडकमै पार्किङ गर्ने भएकोले मुख्य समस्या हुनेगरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाका प्रहरी नायब निरीक्षक जयराम पुडासैनीले बताउनुभयो । प्रहरी म्यान पावर कम रहेकाले दिउँसो र बेलुकी ट्राफिक व्यवस्थापनमा दिनहुँ समस्या हुदैआएको तथा लापरवाही, अटेर गरी सार्वजनिक सडकमा जथाभाबी पाकिङ गर्नेलाई कारबाई समेत गर्नेगरेको उहाँले जानकारी दिनुभयो । कोरोना महामारीमा गाडी बन्द हुँदा कमै गाडी पार्क हुनेगरेको थियो । तर अहिले सवारी तथा सर्वसधारणहरूको आवागमन कलैयामा बढेपछि केही चुनौती थपिएको छ । जथाभाबी र नियम विपरीत सवारी पार्क गर्ने गाडीलाई लक लगाएर जरिवाना तिराउने काम भइरहेको उहाँले भन्नुभयो।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प