ईपीएलः ललितपुरले दियो भैरहवालाई १७८ रनको लक्ष्य

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्ल्याडियटर्सलाई १७८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७७ रन बनाएको हो।

ललितपुरका लागि सन्दुन वीराक्कोडी सर्वाधिक ५८ रन बनाए। ४१ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरे। यस्तै अज्मातुल्लाह ओरजाईले ४२, सन्दीप जोराले ३८ र ओशाडा फर्नान्डोले २० रन बनाए।

बलिङतर्फ भैरहवाका अविनाश बोहराले दुई तथा धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले एक–एक विकेट लिए।



https://ift.tt/eA8V8J

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प