१५ लाख मूल्य भन्दा बढीको सुपारी, छोकडा, केराउ र मरीच सहितको ट्याक्टर नियन्त्रण

बीरगंज ११ असोज। पर्साको भिस्वा नाकाबाट भारततर्फ राजस्व छली लैजाने क्रममा प्रहरीले १५ लाख मूल्य भन्दा बढीको सुपारी, छोकडा, केराउ र मरीच सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । 

बीरगंज रक्सौल नाकापछि पर्साको छोटी नाकाको रुपमा प्रचलित भिस्वा नाका भएर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुपारी, छोकडा, मरीच लोड गरिएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

प्रदेश २–०३–००१ त ०००१ नम्बरको ट्रयाक्टरबाट प्रहरीले ४६ बोरा सुपारी, १५ बोरा छोकडा, १० बोरा केराउ र ५ बोरा मरीच नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सुपारी, मरीच र छोकडा थप कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।   

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प