करेन्ट लागेर एक किशाेरीकाे मृत्यु

 जनकपुर,२८ भदाै । महाेत्तरीमा करेन्ट लागेर एक किशाेरीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका-१० बटौवा बस्ने राम अवतार यादवकी छोरी १७ वर्षीया सुन्दर कुमारी यादव रहेकी छन् ।

कुमारी यादवका मामा सोनमा गाउँपालिका-१ सोनमा गाउँ बस्ने संजित राय यादवको घरमा घर सफा गर्ने क्रममा आइतबार दिउँसाे मिटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प