बिहीबार ३२ अंकले घट्यो सेयर बजार

काठमाडौँ– सेयरबजार साताको अन्तिम दिन बिहीबार पुनः ओरालो लागेको छ।

आज सेयर बजार ३२.५१ अंकले ओरालो लागेको हो। आज ३२.५१ अंकले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा सीमित भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १.२२ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा सीमित भएको हो।

आज कारोबार रकम पनि घटेको छ। हिजो बुधबार ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भएको सेयर कारोबार बिहीबार ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा सीमित भएको छ। आज ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएको छ।

हिजो बढेको सेयर बजारले लगानीकर्तामा झिनो आशा पलाए पनि आजको कारोबारले त्यो आशा पनि मरेको छ। लगातार घट्दै गएको सेयर बजारका कारणले लगानीकर्ताहरु आन्दोलित भएका थिए। त्यसपछि केही सकरात्मक देखिए पनि पुनः सेयर बजारको हालत त्यस्तै देखिएको छ।

आज ट्रेडिङ उपसमूह ३.९२ प्रतिशत, अन्य ०.२७ प्रतिशत र म्युचल फण्ड ०.१९ प्रतिशतले बढेका छन्। अन्य उपसमूहहरु भने राताम्मे छन्। अर्थात घटेका छन्। सबैभन्दा बढी फाइनान्स २.९८ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा आज नेपाल फाइनान्स लिमिटेड शिर्ष स्थानमा छ। सो कम्पनी आज कारोबारको अन्तिम दिन १० प्रतिशतले बढेको छ।

यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड १० प्रतिशत, मैलुग खोला जल विद्युत कम्पनी लिमिटेडले १० प्रतिशत र रुरु जल विद्युत परियोजना लिमिटेड ६.०५ प्रतिशतले बढेका छन्।



from देशसञ्चार https://ift.tt/3uq2bAM
https://ift.tt/eA8V8J

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प