डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा क्यासब्याक
काठमाडौँ– ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक (रु ७५० सम्म) पाउन सक्ने जानकारी दिएको छ।
साथै बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक (रु १५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यास ब्याक (रु २१० सम्म) पाउने सक्ने कम्पनीले जानकारी दिएको छ।
यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी१० जुत्ता तथा जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच उपहार जित्न सक्नेछन्।
स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ।
ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन्। ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन्।
from देशसञ्चार https://ift.tt/2Y1Wahw
https://ift.tt/eA8V8J

Comments
Post a Comment