उपभोक्ता ठग्ने ९ पसलमाथि जरिवाना

वीरगंज, १२ असोज । 
नजिकिँदै गरेको दशै, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गर्दै वीरगंजमा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्रता दिएको          छ ।  
अनुगमनको क्रममा उपभोक्तालाई ठगी गरेको आरोपमा वीरगंजका ९ वटा पसललाई कारबाई गरी ५० हजार जरिवाना गरेको छ । 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य सघ, उपभोक्ता हित संरक्षण मञ्च वीरगंजको प्रतिनिधि सहित टोलीले उपभोक्ता संरक्षण ऐन २०७५  को दफा ३८  बमोजिम कसुर गरेकालाई सोही ऐनको  दफा ३९ बमोजिम ५० हजार रुपियाँँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजको निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीले बताउनुभयो । 
टोलीले घण्टाघर स्थित लक्ष्मी मोबाइल एन्ड इलेक्ट्रिक, बालाजी मोबाइल सेन्टर, विनोद मोबाइल सप्लायर्सलाई खरिद बिल बिजक नदेखाएकोले ५र५ हजार रुपियाँँ जरिवाना गरेको थियो भने श्री गणेश लक्ष्मी वस्त्रालयलाई १० हजार, ओम साई शु–सेन्टर, श्री नृसिंह जि श्यामबाबा इन्टरप्राइजेज, न्यु टिपटप ट्रेडर्स, राजा इन्टरप्राइजेज, वीरगंज फैशन सेन्टरलाई समेत विल विजक नदेखाएपछि ५/५ हजार रुपियाँँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी दिनु भयो ।  


Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प