स्रोत नखुलेका ५ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ
बीरगन्ज,२८ भदाै । स्रोत नखुलेका ५ लाख रुपैयाँसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका २ का ४३ वर्षीय महमद आसिफ अन्सारी छन् । बीरगन्ज महानगरपालिका १७ शंकराचार्य गेटबाट आइतबार बिहानै पक्राउ गरेका अन्सारीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
भारतबाट बीरगन्जतर्फ आउँदै गरेको ना. २५ प. ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम बरामद भएो थियो ।
पक्राउ परेका अन्सारी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments
Post a Comment