election slider

bigpost old

election2

election

नतिजा लोड हुँदैछ...

nepali date post page

------------- magone theme

postpage template

header

Games युनिकोड मिति रूपान्तरण
मिति लोड हुँदै...
निर्वाचन ५७ दिन बाँकी
EN

labelpost21

लोड हुँदैछ...

labelpost20

लोड हुँदैछ...

labelpost19

लोड हुँदैछ...
लोड हुँदैछ...

labelpost18

labelpost17

लोड हुँदैछ...

labelpost17

लोड हुँदैछ...

labelpost16

labelpost15

labelpost15

labelpost-14

लोड हुँदैछ...

wether

Birgunj --°C Loading...

labelpost7

लोड हुँदैछ...

labelpost6

लोड हुँदैछ...

labelpost5

लोड हुँदैछ...

labelpost4

मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...

labelpost3

लोड हुँदैछ...

youtube5

 जनआवाज नेपाल अनलाइन टिभी

Loading 9 latest videos...

के तपाईं आफ्नो छुट्टै खाले मौलिक वेबसाइट, न्यूज पोर्टल, व्यावसायिक वेबसाइट, ई कमर्श वेबसाइट बनाउन चाहनुहुन्छ ? हामी बनाउँछौं भीडभन्दा अलग वेबसाइट । विस्तृत जानकारीको लागि भिजिट गर्नुहोला: https://Neelamb.com, मोबाइल नं.+977-9814272487 (CALL)

youtube-3

भिडियो लोड हुँदैछ...

youtube2

भिडियोहरू लोड हुँदैछन्...

youtube

Loading videos...

तपाईंले यो समाचार पढ्न छुटाउनुभयो

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
हेडलाइन्स
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
मुख्य समाचार
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...
अर्थतन्त्र
लोड हुँदैछ...
राजनीति
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

three column

समाचार
लोड हुँदैछ...
विचार
लोड हुँदैछ...
खेलकुद
लोड हुँदैछ...

two column news

News

Loading...

Main

Loading...

listpost

लोड हुँदैछ...

नयाँ समाचार

नयाँ समाचार
लोड हुँदैछ...

new news

लोड हुँदैछ...

breaking news

BREAKING NEWS
Loading latest news...

big post

लोड हुँदैछ...
News
Loading...
Breaking News
लोड हुँदैछ...

two column

समाचार
लोड हुँदैछ...
लेख/रचना
लोड हुँदैछ...

एन्ड्रोइड एप सपोर्ट बिनै सार्वजनिक हुँदै विण्डोज ११

काठमाडौं । माइक्रोसफ्टले अक्टोबर ५ देखि आधिकारिक रुपमा प्रयोगकर्ताका लागि विण्डोज ११ उपलब्ध गराउने घोषणा गरेको छ । यसपाली विण्डोज ११ को बढी चर्चा हुनुका पछाडि एन्ड्रोइड एप सपोर्ट पनि हो ।

तर यो सुविधा उपयोग गर्न प्रयोगकर्ताले केही समय अझै कुर्नुपर्ने भएको छ । माइक्रोसफ्टले हालै एक सूचना जारी गर्दै तत्काल एन्ड्रोइड एप सपोर्टको सुविधा नहुने जानकारी दिएको छ ।

तर अन्य सुविधा भने सोही दिनदेखि उपलब्ध हुनेछ । विण्डोज ११ मा नयाँ यूआई, नयाँ स्टार्ट मेन्यु, स्न्याप लेआउटका साथै गेमिङसँग सम्बन्धित परिस्कृत फिचर समावेश गरिएको छ ।

कम्पनीले गुगलसँग नभई अमेजन एप स्टाेरसँग साझेदारी गरेर एन्ड्राेइड एप सपाेर्टकाे सुविधा ल्याउन लागेको हो । एन्ड्रोइड एपको पनि व्यवस्थापन र प्रयाेग गर्ने धेरै तरिका विण्डाेज एपजस्तै हुने जनाइएकाे छ । कम्पनीका अनुसार आफूलाई मनपर्ने एपहरु लोकल्ली इन्स्टल गर्न र स्टार्ट मेन्यु वा टास्कबारमा इन्टिग्रेट गरेर प्रयोग गर्न सकिनेछ ।

अर्काे कुरा विण्डाेज ११ मा तपाईंकाे मनपर्ने एपहरु सबैको पहुँच भने पाउनुहुने छैन । अमेजन स्टोरले अहिले ४ लाख ६० हजार एपहरु मात्र प्रदान गर्छ । तर गुगलले भने ३० लाख ६० हजारको हारहारीमा एपहरु प्रदान गर्छ ।

विण्डोज ११ मा एन्ड्रोइड एपहरु चलाउन सकिने फिचर अमेजनको एप स्टोरसँग साझेदारी गरेर ल्याउन लागिएको हो । अहिलेको लोकप्रिय टिकटकजस्ता एन्ड्रोइड एपहरु पनि माइक्रोसफ्ट स्टोरमा सूचीबद्ध हुने जनाइएको छ ।

यद्यपि प्रयोगकर्ताहरूले मोबाइल एप इन्स्टल गर्न आफ्नो अमेजन अकाउन्टमा लगइन गर्नुपर्नेछ । एक पटक सेटअप भएपछि, एन्ड्रोइड एपहरु अन्य विण्डोज एपजस्तै समान रुपमा चल्छन् ।

नयाँ सुविधा के के छन् ?
विण्डोज ११ मा हाई कोर्टाना' वेलकम स्क्रिन र लाइभ टाइल्स हटाइएको छ । विण्डोज ११ मा सबैभन्दा उल्लेखनीय परिवर्तन भएको यसको नयाँ युजर इन्टरफेस हो । प्रयोगकर्ताले यो अपरेटिङ सिस्टममा सुरूदेखि नै नयाँ र परिस्कृत अनुभव गर्न पाउनेछन् ।

फ्रेस सेटअप स्क्रिनसहित सुरू हुने यो अपरेटिङ सिस्टममा हरेक स्क्रिनकाे काम नयाँ अनुभव दिने गरी विभिन्न विण्डोज इलिमेन्टहरू प्रदान गरिएकाे छ ।


यसमा तपाईंले स्टार्ट मेन्यु स्क्रिनकाे बीचमा देख्न सक्नुहुनेछ, जसले आधुनिक अनुभव प्रदान गर्ने उद्देश्य राखिएकाे छ । यसअघिसम्म स्टार्ट मेन्यु स्क्रिनकाे बायाँतर्फ देखिन्थ्याे । स्टार्ट मेन्युसहित एज, फाइल एक्स्पोलरर जस्ता विन्डोजका डिफल्ट आइकनहरू पनि स्क्रिनको केन्द्रमै देख्न सकिन्छ ।

यो नयाँ परिवर्तनले विन्डोज ११ लाई म्याक ओएस वा क्रोम ओएस प्रयोग गर्ने मानिसहरूसँग बढी परिचित बनाउँदछ । यद्यपि तपाईंले स्टार्ट मेन्युको पोजिसनलाई परिवर्तन गर्न सक्नुहुन्छ, अर्थात् बायाँतर्फ नै स्टार्ट मेन्यु ल्याउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ ।

फ्रेस स्टार्टअप साउण्डसहित विण्डोज ११ नयाँ साउण्ड र अलर्टसहित आएको छ । साथै तपाईंले नयाँ थिमहरू, नयाँ वालपेपर र सुधारिएको डार्क मोड पाउन सक्नुहुन्छ ।

विण्डोज ११ मा अपडेटेड विजेटसमेत समावेश गरिएको छ । विजेटहरूले स्क्रिनको बाँयाबाट स्वाइप गरेर अगाडि ल्याउन सक्छ वा पूर्ण स्क्रिन राख्न सकिन्छ । तपाईंको प्राथमिकताअनुसार विजेटलाई पुनः व्यवस्थित गर्न वा पुनः आकार दिन यसमा विकल्प प्रदान गरिएको छ । तपाईंले यसमा विजेटहरू सजिलै थप्न वा हटाउन सक्नुहुन्छ ।

 
मल्टिटास्किङ अनुभवका लागि 'म्याक्सिमाइज' बटनले तपाईंलाई एक्टिभ स्क्रिनहरु स्पिल्ट गर्न सघाउँछ, जुन फिचरलाई माइक्रोसफ्टले 'स्न्याप लेआउट' भनेको छ ।


यसबाहेक माइक्रोसफ्टले मल्टी मोनिटरका लागि सपोर्ट सुधार गर्दैछ र प्रयोगकर्ताहरूलाई भर्चुअल डेस्कटपहरूमा काम गर्न सजिलो बनाउँदै छ । तपाईंले अब आफ्नो प्रत्येक भर्चुअल डेस्कटपका लागि विण्डाेज ११ मा सजिलो पहुँचको लागि पनि कस्टम वालपेपर प्रयोग गर्न सक्नुहुन्छ ।

विन्डोज ११ एक सुधारिएको टच कीबोर्डको साथ पनि आएको छ, जसले टेनरको जीआइएफ इन्टिग्रेसन समावेश गर्दछ । यसका साथै प्रिलोडेड भर्चुअल कीबोर्डहरू पनि छन्, जुन स्क्रिनमा कहिँ पनि राख्न सकिन्छ ।

प्रयोगकर्ताका लागि सिस्टममै भ्वाइस डिक्टेशन सपोर्टकाे सुविधा छ । त्यस्तै टाइपिङ सजिलो बनाउन भ्वाइस टाइप र भ्वाइस कमाण्डहरूको फिचर दिइएको छ ।

माइक्रोसफ्टले क्रोमियम आधारित ब्राउजरहरूको लागि पर्फर्मेन्स विस्तार पनि गरेको छ । त्यस्तै माईक्रोसफ्ट एजका लागि पनि थप नयाँ फिचर ल्याइएको छ, जसमा मल्टिपल ट्याबहरूको पहुँचको लागि सुधारिएको सपोर्ट रहेको छ । विण्डाेज ११ मा एज ब्राउजर भर्टिक ट्याब सपोर्टसहिट आएको छ ।

साथै पीसी गेमरका लागि अटो एचडीआर, डाइरेक्ट एक्स १२ अल्टिमेट सपोर्ट सुविधा रहेको छ । त्यस्तै क्लाउड गेमिङका लागि एक्स क्लाउड इन्टिग्रेसन समावेश गरिएको छ ।

त्यस्तै माइक्रोसफ्टकाे प्रिलोडेड एप स्टोर 'माइक्रोसफ्ट स्टोर' मा नयाँ सर्च क्यापाबिलिटी र सुधारिएको डिजाइन देख्न सकिन्छ, जसले एप निर्मातालाई धेरै पहुँच बनाउन सहयोग गर्ने बताइएको छ । माइक्रोसफ्टले कुनै कमिसन नलिइनकन एप निर्मातालाई स्टोरमा आफ्ना उत्पादन राख्ने अवसर दिएको छ ।


माइक्रोसफ्टले पीसी हेल्थ चेक एप पनि जारी गरेको छ, जसमार्फत प्रयोगकर्ताले उनीहरुको विन्डोज १० पीसी अपग्रेड गर्न योग्य छ कि भनेर जाँच्न सहयोग गर्छ ।
-टेकपाना
 

Comments