आजभोलि नै मन्त्रिपरिषद विस्तार : प्रचण्ड
काठमाडौँ – सत्ता गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।
सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आजभोलि नै सरकार विस्तार हुने जानकारी दिएका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको साढे दुई महिना वितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।
प्रचण्डले मन्त्रालयको भागवण्डा टुंग्याएर आजओलि नै पूर्णता दिने उल्लेख गरे। सरकार पूर्णता पाएसँग्ै जनयुद्धका घाइते अपाङ्गलाई राहतका कार्यक्रम ल्याउने दाहालको भनाइ छ।
उनले भने, ‘अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।’
शान्ति प्रक्रियामा आएको लामो समय भइसक्दा समेत आफूहरुमाथि घेराबन्दी गर्ने काम नरोकिएको अध्यक्ष प्रचण्डको भनाइ छ।
‘शान्ति प्रक्रियामा आएको १५ वर्षपछि पनि हामीलाई घेरा हालिरहेका छन्। घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौँु। हामी सरकारको साझा न्यूनतम कार्यक्रममा कम्तीमा जनयुद्धका सहिदबारे ठोस निर्णय लिन्छौँ। सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर राहत प्रक्रिया अघि बढाउँछौँ, उनले भने।
from देशसञ्चार https://ift.tt/3F3GcEy
https://ift.tt/eA8V8J

Comments
Post a Comment