४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

रौतहट  असोज ५
 रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् । 
काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले बताए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प