संसद विघटन सही थियो भन्ने निर्णय केन्द्रीय कमिटि बैठकबाट भइसकेको छ : बादल
काठमाडौँ– एमालेका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले संसद विघटन गर्ने कदम ठीक भएको औपचारिक निर्णय केन्द्रीय कमिटीले गरेको दाबी गरेका छन्।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिँदै बादलले संसद विघटनका सवालमा फरक मत भए पनि त्यसलाई पार्टीले औपचारिक रुपमा भने उपयुक्त निर्णयका रुपमा लिएको दाबी गरेका हुन्।
उनले भने, ‘संसद विघटन सही थियो भन्ने कुरालाई केन्द्रीय कमिटिले अनुमोदन गरिसकको छ। त्यो विघटन जायज थियो भन्ने हो। त्यसमा फरक मतहरु पनि छन्। त्यो आवश्यक थिएन, प्रतिगमन हो भन्ने भनाइ पनि आएका छन्।’
अध्यक्ष ओली विरोधी माधव नेपाल पक्षमा लागेर अन्तिम समयमा एमालेमै रहेका नेताहरुले ओलीले दुई पटक गरेको संसद विघटनबारे समीक्षा हुनुपर्ने आवाज उठाइरहेका छन्।
त्यसै सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै बादलले फरक मत भए पनि संसद विघटन सही निर्णय थियो भन्ने पार्टीको आधिकारिक धारणा भएको उल्लेख गरे।
बादलले पार्टीलाई बलियो बनाउन विधान महाधिवेशनमा धेरै प्रतिनिधि तय गरिएको दाबी गरे।
उनले भने, ‘धेरै प्रतिनिधि किन राखियो? अधिकतम सदस्यलाई उपस्थित गराएर निर्णय लिनका लागि हो। यसले पार्टीलाई बलियो बनाउँछ। सबैको स्वामित्व लिन सक्ने अवस्थाको सिर्जनाका होस् भनेर हो। विचार, पद्धतिको निर्माणका लागि प्रतिनिधिलाई बोलाइएको हो।’
एमाले विधान महाधिवेशनमा पाँच हजार ७ जना सदस्यले भाग लिँदैछन्।
भेलाका लागि आवश्यक सबै तयारी पूरा भएको बादलले बताए। ‘एमालेलाई सुदृढिकरण गर्न, जनआधारित बनाउनका लागि उद्देश्य लिएका छौँ,’ उनले भने।
सम्मेलनमा पार्टीमा देखिँदै आएको अस्वस्थ प्रतिस्पर्धालाई हटाउन दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था गरेको, ७० वर्षको उमेरहदको पालना विधानमा प्रस्ताव गरिएको जानकारी दिए।
को–को प्रतिनिधि हुँदैछन् विधान महाधिवेशनमा?
केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य
केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य
केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि
प्रदेश कमिटीका सबै
जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि
पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद
पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख
पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख
जनसंगठन र पेशागत संगठनहरुबाट चुनिएका प्रतिनिधि
भारत लगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु
पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य
from देशसञ्चार https://ift.tt/39S0CSM
https://ift.tt/eA8V8J

Comments
Post a Comment