पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो
वीरगंज, ३ असोज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा वडा नम्बर ५ मसिहानी निवासी ४० वर्षीया कान्ति देवी मुखिया बिनको घरमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलवार साँझ ५ बजेको समयमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए। बिनका दुर्ई जना छोरा र तिन छोरी छन् । यद्यपि छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको केसीले जानकारी दिए । मृतक बिनलाई मंगलवार दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए । प्रहरीले घटनास्थलमा बिनको टाउक...

Comments
Post a Comment