डडेल्धुरामा बस दुुर्घटना, १० जना घाइते

१४ कात्तिक, धनगढी । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका-१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनकाअनुसार बसमा ३२ जना सवार थिए ।

सडकबाट करिब १५० मिटर तल खसेको बसको दुुर्घटनाको कारण भने खुुलेको छैन । दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प