एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी
काठमाडौं । एप्पलले विश्वकै सबैभन्दा मूल्यवान पब्लिक कम्पनीको ताज गुमाएको छ । शुक्रबार आईफोनको मार्केट शेयर दुई प्रतिशतले घट्दा यो ताज माइक्रोसफ्ट कर्पले हात पारेको हो ।
आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एप्पलको बिक्री छ अर्ब डलर मात्र रह्यो । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको समस्याका कारण एप्पलको बिक्री खस्किएको हो ।
कम्पनीका प्रमुख टिम कुकले हालको बिदाको सिजनमा यसको असर अझ खराब हुने बताएका छन् ।
एप्पलको शेयर १.८ प्रतिशतले घट्दै १४९ अमेरिकी डलरमा कायम भएको छ । जसले गर्दा कम्पनीको बजार पूँजी २.४८ ट्रिलियन डलरमा सीमित भएको छ ।
जब कि विण्डाेज सफ्टवेयर निर्माता माइक्रोसफ्टको शेयर मूल्य २.२ प्रतिशतले वृद्धि हुँदै ३३१.६२ डलर पुगेको छ । जसबाट कम्पनीको बजार पूँजी २.४९ ट्रिलियन डलर कायम भएको छ ।
The post एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी appeared first on Tech News Nepal.
https://ift.tt/eA8V8J
Comments
Post a Comment