थ्रीडी साउण्डका लागि कारमा डल्बी एटमस सिस्टम प्रयोग गर्दै मर्सिडिज बेन्ज

काठमाडौं । कारमा यात्रा गर्ने यात्रुलाई थ्रीडी साउण्ड सहितको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मर्सिडिज बेन्जले ‘डल्बी एटमस’ सिस्टम प्रयोगमा ल्याउने भएको छ । विश्वकै लग्जरियस कार ब्राण्डको रुपमा चिनिँदै आएको कम्पनीले सन् २०२२ देखी बजारमा उपलब्ध हुने नयाँ कारमा यो सिस्टम उपलब्ध गराउने भएको हो ।

एटमस साउण्ड सिस्टम प्रयोगमा ल्याउने मर्सिडिज बेन्ज पहिलो कार कम्पनी भने होइन् । यसको सुरुवात लुसिड एयरको इलेक्ट्रिक सेडानमा यसअघि नै प्रयोगमा ल्याइसकेको छ । जसका उत्पादन हालै बजारमा उपलब्ध हुने थालेको छ ।

तर, लुसिडले प्रयोगमा ल्याएको साउण्ड सिस्टमको तुलनमा यो निकै परिष्कृत हुने जनाइएको छ । किने भने लुसिडको सेडानमा प्रयोग भएको साउण्ड सिस्टममा २१ ओटामात्र स्पिकर रहेको छन् । मर्सिडिज बेन्जले भने ३१ ओटा स्पिकर युक्त साउण्ड सिस्टम प्रयोगमा ल्याउने जनाइएको छ । जसमा ६ ओटा थ्रीडी स्पिकर प्यासेन्जरको माथि रहने छ ।

त्यस्तै दुई ओटा फ्रन्ट सिटमा रहनेछ । जसले थ्रिडीका साथै उत्कृष्ट साउण्डको अनुभव प्रदान गर्ने जनाइएको छ । कम्पनीका अनुसार पहिलो चरणमा यो साउण्ड सिस्टमा एस–क्लासका कारमा उपलब्ध हुनेछ । भने विस्तारै अन्य मोडलमा पनि उपलब्ध हुँदै जानेछ ।

The post थ्रीडी साउण्डका लागि कारमा डल्बी एटमस सिस्टम प्रयोग गर्दै मर्सिडिज बेन्ज appeared first on Tech News Nepal.



https://ift.tt/eA8V8J

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प