यस्तो छ संसारका सबैभन्दा धनी एलोन मस्कको दिनचर्या
काठमाडौं । एलोन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनी आफ्ना नयाँनयाँ किसिमका सोचका लागि समेत परिचित छन् । यस्ता सबै कार्यका लागि उनलाई व्यवस्थित कार्ययोजना र जीवन शैलीको आवश्यकता पर्दछ । कुनै पनि सफल व्यक्तिका लागि दैनिक कार्यतालिका निकै महत्त्वपूर्ण हुन्छ ।
आज हामी तपाईंलाई एलोन मस्कको दैनिक जीवनयापनको बारेमा संक्षिप्तमा बताउँदै छौँ । भनिन्छ, एलोन मस्क कामको विषयलाई लिएर निकै गम्भिर हुने गर्छन् । उनी कामका लागि आफ्नो खाना समेत छोडिदिन्छन् ।
यतिसम्म कि कतिपय समय त उनी रातिको समयमा काम गर्ने स्थानमै सुत्ने गर्दथे । उनी उठ्दा बिहान करिब ७ बजेको हुन्छ । मस्कको भनाइमा उनी छ देखि साढे छ घण्टा सुत्ने गर्छन् ।
जब उनी कम मात्रामा सुत्ने गर्छन्, तब त्यसको असर आफ्नो काममा पर्ने ठान्छन् । बिहान उठेपछि उनी नुहाई धुवाई गरेर एक कफ कफीमा रमाउँछन् । उनी प्रायजसो हतारोमा हुने गर्छन् । त्यसैले त उनको दिउँसोको खाजा छुटिरहेको हुन्छ ।
जुन दिन उनी ब्रेकफास्ट लिन्छन्, त्यसमा उनी अम्लेट खाने गर्छन् । रेडिट एमएमा बताइए अनुसार उनका लागि सावर लिनु एकदमै महत्त्वको काम हो । सावर नलिएको दिन उनलाई असहज लाग्छ ।
उठिसकेपछिको सावरले उनलाई दैनिक रुपमा आउने चुनौतीका लागि तयार पार्छ । यति गरिसकेपछि उनी आफ्ना बच्चालाई स्कुल पठाउँछन् र आफू पनि कामका लागि निस्किन्छन् । एलोन मस्क दाबी गर्छन् कि उनी हप्तामा ८० देखि १०० घण्टासम्म काम गर्छन् ।
जसमा बढीजसो उनको ध्यान स्किलसेट डिजाइन र इन्जिनियरिङमा केन्द्रित हुने गर्छ । स्पेस एक्समा उनको ९० प्रतिशत समय डिजाइनको काममा बित्ने गर्छ । जब कि टेस्लामा भने ६० प्रतिशत समय यस किसिमको काममा जाने गर्छ ।
एलोन मस्क मल्टी टास्कर हुन् अर्थात अनेक किसिमका काम गर्ने खुबी राख्छन् । तर पनि उनी धेरैजसो फोन वा ईमेलमा व्यस्त हुँदैनन् । उनको बुझाईमा व्यस्त रहने गरेका कारण उनी आफ्नो न्युट्रिसनमा समेत ध्यान दिन पाउँदैनन् ।
उनी दिउँसोको मिटिङ पछि मात्र लञ्च लिने गर्छन् । समयलाई उनी एकदमै धेरै महत्त्व दिने गर्छन् । त्यसैले उनी अनावश्यक मिटिङमा सहभागी हुँदैनन् । सन् २०१८ मा न्यु योर्क टाइम्सको एउटा रिपोर्ट आएको थियो ।
जसमा एलोन मस्कले हप्तामा १२० घण्टासम्म काम गर्ने गरेको बताइएको थियो । बाबु भइसकेपछि उनले आफ्ना बच्चासँग धेरै समय बिताउन सुरु गरे । उनले आफ्ना बच्चाको नाम एक्स एस ए-१२ (X AE A-12) राखेका छन् ।
दिनभर व्यस्त रहने गरेका कारण उनी धेरैजसो क्यालोरी रातिको समयमा लिने गर्छन् । डिनरमा उनको निकै रुची छ । ‘डाइट कुक’ उनलाई निकै रुच्ने चिज हो ।
उनी कामबाट राति करिब १० बजे घर फर्किन्छन् । त्यसपछि केही समय पढ्छन् र एनिमेटेड मुभी हेर्छन् । करिब राति १ बजे मात्र उनी सुत्ने गर्छन् ।
The post यस्तो छ संसारका सबैभन्दा धनी एलोन मस्कको दिनचर्या appeared first on Tech News Nepal.
https://ift.tt/eA8V8J
Comments
Post a Comment