अन्तरिक्षसम्बन्धी ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

काठमाडौं । अन्तरिक्ष गतिविधि र त्यसमा नेपाली युवाहरूले गरेको अध्ययन अनुसन्धानको विषयमा जानकारी दिने उद्देश्यका साथ नेपाल पहिलो पटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ ।

युथ फर नेशनको आयोजनामा उक्त कार्यक्रम मंगलबार देखी सुरु हुनेछ  । दुई दिनसम्म चल्ने यस प्रदर्शनीमा नेपाली युवाहरूले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धी उपकरणहरू, सफ्टवेयरलगायत विषय राखिने जनाइएको छ ।

कार्यक्रम काठमाडौंको धुम्बाराही स्थित शङ्खपार्कमा आयोजना हुनेछ । जसले नेपाली युवाहरूलाई आगामी दिनमा अन्तरिक्षको बारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने सहयोग पुर्‍याउने अपेक्षा आयोजकको रहेको छ ।

प्रदर्शनीमा अन्तरिक्ष र त्यससँग सम्बन्धित विषयहरूमा प्रदर्शन गर्नुका साथै सो सम्बन्धी जानकारी मूलक सन्देशहरू समेत प्रदान गरिने जनाइएको छ ।

The post अन्तरिक्षसम्बन्धी ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3rkpJr6
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प