उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

काठमाडौं । सामसङले सन् २०२१ को अन्तिम फोनका रुपमा ए०३ सार्वजनिक गर्ने भएको छ । उत्कृष्ट प्रविधिका साथ भित्रिने सामसङ ग्यालेक्सी  ए०३ हालसम्मकै सम्मकै सस्तो स्मार्टफोन हुने बताइएको छ ।

यो फोनमा ६‍.५ इन्चको एचडी डिस्प्ले हुनेछ । ५००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ आउने फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फोन ३ जीबी र्‍याम ३२ जीबी स्टोरेज, ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज र ४ जीबी र्‍याम १२८ जीबी स्टोरेज गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।

फोनका फिचर सार्वजनिक भएता पनि हालसम्म यसको मूल्य भने सार्वजनिक भएको छैन् । तर पनि यो फोनको मूल्य १९५ अमेरिकी डलर ९२३,३०० रुपैयाँ हुने अनुमान गरिएको छ । यद्यपि यो तीनवटै मोडल सबै देशमा उपलब्ध नहुन सक्ने जनाइएको छ ।

प्लास्टिक बडी युक्त यो फोन रातो, निलो र कालो रंगमा उपलब्ध हुने उल्लेख छ ।

The post उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3DVAy6B
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प