टेस्ला उत्पादनमा हतार नगरी खर्च घटाउन कर्मचारीलाई मस्कको निर्देशन

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्ना कर्मचारीलाई कार उत्पादनमा हतार नगर्न र खर्च घटाउनका लागि ध्यान दिन निर्देशन दिएका छन् ।

उपभोक्तालाई दिनुपर्ने कार उत्पादनका लागि कर्मचारीलाई बढी भुक्तानी गर्दा र काम ठेकेदारलाई जिम्मा दिँदा लागत बढेको भन्दै मस्कले आफू मातहतका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।

टेस्ला कार अर्डर गरेका ग्राहकलाई यो वर्षको अन्त्यसम्म कार डेलिभरी दिन धेरै कामदारले ओभरटाइम काम गरिरहेका छन् भने कम्पनीले नभ्याउने काम बाहिरी कम्पनीलाई ठेक्का दिइएको छ ।

मस्कले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक मेमो सार्वजनिक गर्दै सीएनबीसीले समाचार प्रकाशित गरेको छ । टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासिकमा मात्रै दुई लाख ४१ हजार वटा टेस्ला कार बिक्री गरेको छ ।

विश्वभर चिप अभावका कारण कार निर्माताहरुले आफ्नो उत्पादनमा ढिलाइ गरिरहँदा पनि टेस्लाले बिक्री र नाफा दुवै बढाएको छ । 

The post टेस्ला उत्पादनमा हतार नगरी खर्च घटाउन कर्मचारीलाई मस्कको निर्देशन appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3D7F295
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प