सार्वजनिक सवारीमा जीपीएस उपकरण जडान सुरु, पहिलो चरणमा नि:शुल्क जोडिने

काठमाडौं । सार्वजनिक सवारी साधनको निगरानी तथा यातायात सुरक्षाका लागि सरकारले जीपीएस ट्र्याकिङ प्रणाली सुरु गरेको छ ।

यातायात व्यवस्था विभागले हालैमात्र एक सूचना सार्वजनिक गर्दै सार्वजनिक सवारीमा जीपीएस डिभाइस जडान सुरु गर्न लागिएको जानकारी दिएको हो । सूचना अनुसार जीपीएस भेहिकल ट्र्याकिङ सिस्ट(भीटीएस) को विकास भई कार्यान्वयनको चरणमा रहेको छ ।

विभागले पहिलो चरणमा केही रुटहरुलाई उक्त प्रणाली कार्यान्वयनको अध्ययनका रुपमा अगाडि बढाउन लागेको हो । जस अनुसार काठमाडौं-विरगन्ज, काठमाडौं-जनकपुर र काठमाडौं-पोखरा सडक खन्डका १ सय सवारीमा जीपीएस डिभाइस जडान हुनेछ । विभागले अध्ययनका लागि पहिलो चरणमा सबै सवारीलाई निस्शुल्क रुपमै जीपीएस डिभाइस जडान गर्ने जनाएको छ ।

पहिलो चरणमा नि:शुल्क डिभाइस जडानका लागि विभागले उक्त रुटका सवारी संचालकलाई विभागमा दर्ता गराउन आह्वानसमेत गरेको छ । पहिलो आउने आधारमा त्यस्तो दर्ता गराइने पनि विभागले स्पस्ट पारेको छ ।

दर्ताका लागि सम्बन्धित यातायात व्यवसाय प्रमाण-पत्र, सवारी साधन दर्ता प्रमाण-पत्र, सवारी चालक अनुमतिपत्र र नेपाली नागरिकता बुझाउनुपर्नेछ ।

The post सार्वजनिक सवारीमा जीपीएस उपकरण जडान सुरु, पहिलो चरणमा नि:शुल्क जोडिने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3FVyeNu
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प