वालमार्टले सुरु गर्यो ड्रोनबाट डेलिभरी, सुरुमा औषधि मात्रै

काठमाडौं . अमेरिकाको सबैभन्दा ठूलो रिटेलर कम्पनी वालमार्टले ड्रोनको प्रयोग गरी सामान सामान डेलिभरी गर्न सुरु गरेको छ ।

अमेरिकाको अर्कनसास राज्यको फर्मिङटनमा रहेको वालमार्टको स्टोर वरपर बस्ने ग्राहकको लागि यो सेवा सुरु गरिएको हो । 

बालमार्टको स्टोरबाट १.५ माइल वरपर बस्ने ग्राहकको लागि यो सातादेखि औषधि र साना खालका मेडिकल उपकरणहरु ड्रोनमार्फत् डेलिभरी हुनेछ । 

ड्रोनबाट डेलिभरीको सेवा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध हुनेछ । 

वालमार्टले ड्रोनअप नामक कम्पनीसँगको सहकार्यमा ड्रोनबाट डेलिभरीको सेवा सुरु गरेको हो । विस्तारै यो सुविधा अन्य क्षेत्रमा पनि बिस्तार गर्ने कम्पनीको योजना छ । 

फ्लाइट ईन्जिनियरहरुले एक ठाउँमा बसेर कन्ट्रोल गर्ने ड्रोनमार्फत डेलिभरी हुने कम्पनीले जनाएको छ । 

The post वालमार्टले सुरु गर्यो ड्रोनबाट डेलिभरी, सुरुमा औषधि मात्रै appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3risJ7x
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प