एआईमा रुची हुनेहरुको लागि डिसेम्बरदेखि सुरु हुँदै ‘नेपाल एआई हिउँदे पाठशाला’

काठमाडौं । नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII, नामी) ले  ११ दिने नेपाल एआई हिउँदे पाठशालाको तेश्रो संस्करण डिसेम्बर २० देखि ३० सम्म  काठमाण्डौँमा आयोजना गर्ने भएको छ ।

आयोजकले कार्यक्रममा सहभागी हुन चाहनेबाट आवेदन मागेको छ । कार्यक्रमले विश्व प्रसिद्ध वैज्ञानिकहरू, विश्वका केही प्रमुख विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूमा काम गर्ने प्राध्यापकहरू र अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याउने बताइएको छ ।

नामीका अनुसार यस वर्ष हिउँदे पाठशाला भर्चुल र भौतिक रुपमा सम्पन्न हुनेछ । दैनिक गतिविधिहरू र जटिल अनुसन्धान वातावरणमा प्रयोग हुने विभिन्न एआई प्रविधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नको लागि नामीले २०७५ सालदेखि नै नेपाल एआई हिउँदे पाठशालाको आयोजना गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत आर्टिफिसियल न्यूरल नेटवर्क,  न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन, सेमी-सुपरभाइज्ड र अन-सुपरभाइज्ड लर्निङ जस्ता विषयहरूको बारेमा विस्तृत रुपमा पढाई हुनेछ।

हिउँदे पाठशालामा विश्व-स्तरीय विशेषज्ञको समूहले पारेको पाठ्यक्रमहरु तथा प्रयोगशाला सत्रहरू र वैज्ञानिक पेपर पठन/लेखन सत्रहरूको कक्षा सञ्चालन हुने नामीले जानकारी दिएको छ ।

The post एआईमा रुची हुनेहरुको लागि डिसेम्बरदेखि सुरु हुँदै ‘नेपाल एआई हिउँदे पाठशाला’ appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3nZ2wJ5
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प