वर्षमा तीन लाख विद्युतीय गाडी उत्पादन गर्ने साओमीको लक्ष्य

काठमाडौं । गत मार्चमा साओमीले विद्युतीय गाडीको उद्योग खोल्ने घोषणा गरेको थियो ।

रोयटर्समा प्रकाशित समाचार अनुसार साओमीले यो उद्योग बेइजिङमा खोल्दैछ र हरेक वर्ष तीन लाख विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्य राखेकाे छ ।

साओमीले यो उद्योग दुई चरणमा निर्माण गर्ने तयारी गरेकाे छ । सन् २०२४ देखि कम्पनीले गाडी उत्पादन गर्न सुरु गर्नेछ ।

साओमीले तीन लाख विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापनाको तयारी थाले पनि यसको डिजाइन, बजार र मोडेल लगायत विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

विद्युतीय गाडी उत्पादन गर्ने आफ्नो परियोजनामा कम्पनीले १० अर्ब डलर खर्च गर्ने अनुमान छ ।

पछिल्ला वर्ष विश्वका ठूला प्रविधि कम्पनीहरुले विद्युतीय सवारी उत्पादनमा चासो देखाइरहेका छन् ।

The post वर्षमा तीन लाख विद्युतीय गाडी उत्पादन गर्ने साओमीको लक्ष्य appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3o3bbub
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प