‘मनि हाइस्ट’ फाइनल सिजनको एपिसोड टाइटल सार्वजनिक
काठमाडौं । नेटफ्लिक्समा सर्वाधिक मनपराइएको स्पेनी सिरिज ‘मनि हाइस्ट’ को फाइनल सिजन सार्वजनिक हुन करिब दुई हप्तामात्र बाँकी छ ।
डिसेम्बर ३ मा विश्वभर नेटफ्लिक्समार्फत मनि हाइस्टको फाइनल सिजन सार्वजनिक हुँदैछ । यसबीच मनि हाइस्टको फाइनल सिजनको एपिसोडका नाम र केही तस्वीरहरू सिरिजको आधिकारिक ट्वीटरमा सार्वजनिक भएका छन् ।
-एपिसोड ६ – एक्जस्ट भल्भस
-एपिसोड ७ – इलुजन्ड साइन्स
-एपिसोड ८ – दि एलिगेन्स थेउरी
-एपिसोड ९ – ह्वाट इज टक्ड अबाउट इन बेड
-एपिसोड १० – ए फ्यामिली ट्रेडिसन
एपिसोड छ को तस्वीरमा रियो आरपीजी (हतियार) बोकेर बसेका छन् । यो एपिसोडमा ग्याङ रोमको योजनाको लागि अगाडि बढेको कथा हुने अनुमान गर्न सकिन्छ ।
एपिसोड ७ को तस्वीरमा बर्लिन र पालेर्मोको हाँसेको तस्वीर छ । यो एपिसोड फ्ल्यासब्याक अर्थात पुराना दिनहरूको बारेमा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
एपिसोड ८ मा टिमले नाँचगान गरेर रमाइलो गरिरहेको देखाइएको छ ।
एपिसोड ९ मा प्रोफेसरको फ्ल्यासब्याक तस्वीर छ । यो एपिसोडको टाइटल हेर्दा यो एपिसोड प्रोफेसर लिसबोनमा मात्र आधारित छ भन्ने अनुमान गर्न सकिन्छ ।
एपिसोड १० यो फाइनल सिजनको अन्तिम एपिसोड हो । तस्वीरमा रियो प्रमुख नेगोसियरसँग कुरा गरिरहेको देख्न सकिन्छ ।
The post ‘मनि हाइस्ट’ फाइनल सिजनको एपिसोड टाइटल सार्वजनिक appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/3rbdjC1
via
Comments
Post a Comment