कहाँ पुग्यो देशभर २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याउने सरकारी योजना ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ यो आर्थिक वर्षबाट विभिन्न परियोजना अघि बढाएको छ ।

प्राधिकरणले यसअघि सञ्चालनमा रहेको ब्रोडब्यान्ड परियोजनालाई परिष्कृत गर्दै २० एमबीपीएस इन्टरनेटमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

यसअघि ग्रामीण दूरसञ्चार परियोजनामार्फत देशभर विस्तार गरिने इन्टरनेटको स्पीड ५१२ केबीपीएस रहेकोमा त्यसलाई बढाएर न्यूनतम २० एमबीपीएस बनाउने गरी यो परियोजना अघि बढाएको हो ।

जसअन्तर्गत देशभरका हरेक वडा, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरूमा न्यूनतम २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याइने छ ।

त्यसको सुरुवात भूकम्पबाट अति प्रभावित ८ जिल्लाबाट गर्न थालिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त  परियोजनामध्ये भुकम्पबाट अति प्रभावित ८ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का कूल ७६ मध्ये ७१ गाउँपालिका/नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

सम्झौता अनुसार तोकिएको स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थाहरूमा जडान गरिएको इन्टरनेटको क्षमता अभिवृद्धि गर्ने योजना छ ।

जसमा प्राधिकरणले स्थानीय तहसँग सम्झौता गरी दुई वर्षसम्मको लागत तथा महशुल बापतको रकम उपलब्ध गराउने काम भइरहेको छ ।

साथै, भुकम्पबाट अति प्रभावित ८ जिल्ला र काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाका सबै सामुदायिक विद्यालयमा २० एमबीपीएस गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनका लागि काम अघि बढाइएकोमा कूल ६७६ मध्ये २६७ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको प्राधिकरणले जनाएको छ ।

The post कहाँ पुग्यो देशभर २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याउने सरकारी योजना ? appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3ryEC9J
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प