आधुनिक शिक्षाका लागि ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्दै सरकार
काठमाडौं । सरकारले आगामी शैक्षिक सत्रबाट देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्ने भएको छ । आइतबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने गरि ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्ने तयारी रहेको बताएका हुन् ।
उनले गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयलाई उद्यमशील बनाउने नीति अन्तरगत ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको बताएका छन् ।
‘कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको छ,’ उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’ हरू स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको छ ।’
त्यतिमात्रै नभएर कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारी मार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने समेत मन्त्री शर्माले बताएका छन् ।
The post आधुनिक शिक्षाका लागि ‘डिजिटल लर्निङ सेन्टर’ स्थापना गर्दै सरकार appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/3lfe4Gv
via
Comments
Post a Comment