क्रिप्टो माइनिङ बढेपछि काजकिस्तानमा ऊर्जा अभाव

काठमाडौं । क्रिप्टोकरेन्सी माइनिङ गर्नेको सङ्ख्या बढेपछि काजकिस्तानमा ऊर्जाको माग बढेको छ । फाइनान्सियल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार क्रिप्टोकरेन्सी माइनिङ गर्नेको सङ्ख्या बढेपछि त्यहाँको विद्युत् ग्रिडमा चाप बढेको छ ।

चीनले यही वर्ष क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै क्रिप्टोकरेन्सीमार्फत् हुने सबै कारोबारलाई अवैध घोषणा गरेको थियो । चीनको यो निर्णयसँगै धेरै चिनियाँहरू क्रिप्टो माइनिङका लागि काजकिस्तान आइपुगेको बताइएको छ । 

फाइनान्सियल टाइम्समा प्रकाशित समाचार अनुसार सन् २०२१ को सुरुवात यता काजकिस्तानमा ऊर्जाको माग आठ प्रतिशतले बढेको छ । यसअघिका वर्षमा काजकिस्तामा प्रतिवर्ष ऊर्जाको माग एक वा दुई प्रतिशतले मात्रै बढ्ने गरेको तथ्याङ्क छ ।

यूनिभर्सिटी अफ क्याब्रिजको तथ्याङ्क अनुसार अमेरिकापछि सबैभन्दा बढी क्रिप्टो माइनिङ हुने देशको सूचीमा काजकिस्तान परेको छ । गत महिना मात्रै कोइलाबाट ऊर्जा उत्पादन गर्ने काजकिस्तान तीन वटा प्लान्ट बन्द भएको थियो । तीन प्लान्ट बन्द हुँदा ऊर्जा अभावको सामना गरिरहेको काजकिस्तानमा क्रिप्टो माइनिङका कारण विद्युत् माग थप बढ्दा ऊर्जा व्यवस्थापनमा समस्या देखिएको छ ।

काजकिस्तानमा सरकारबाट अनुमति लिएर क्रिप्टो माइनिङ गर्नेहरूले मात्रै करिब एक सय मेगावाट विद्युत् खपत गरिरहेको अनुमान छ । काजकिस्तानमा ५० वटा उद्योगले सरकारबाट अनुमति लिएर नै क्रिप्टो माइनिङ गरिरहेका छन् । अनुमानित तथ्याङ्क अनुसार सरकारबाट अनुमति नलिई क्रिप्टो माइनिङ गर्नेहरूले मात्रै करिब एक हजार दुई सय मेगावाट विद्युत् खपत गरिरहेका छन् ।

The post क्रिप्टो माइनिङ बढेपछि काजकिस्तानमा ऊर्जा अभाव appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3o3jRk7
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प