७२ कराेड पुरस्कार राशिकाे पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप सुरु

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ (पीएमजीसी २०२१) आजदेखि सुरु हुँदैछ । विश्वभरबाट ४० टिमले सहभागिता जनाएको यो प्रतियोगितामा २० टोली पूर्वीय क्षेत्र र २० टोली पश्चिमी क्षेत्रका रहेका छन् ।

यी दुवै क्षेत्रका टिमले अन्तिम चरणमा पुग्न सुरुमा आ-आफ्नो क्षेत्रका टिमसँग प्रतिस्पर्धा गर्नेछन् । यसपश्चात पूर्वी क्षेत्रबाट ९ टिम र पश्चिमबाट ६ टिम अन्तिम चरण (ग्राण्ड फिनाले) मा पुग्नेछन्, जुन सन् २०२२ को जनवरी २१ देखि २३ सम्म हुनेछ ।

नेपालबाट भने यो प्रतियोगितामा डीआरएस गेमिङ र डेडआइज गाइजले सहभागिता जनाउँदै छन् ।

आजदेखि चार हप्तासम्म सञ्चालन हुने यो ग्लोबल च्याम्पियनशिपको कुल पुरस्कार राशि ६० लाख अमेरिकी डलर करिब ७२ करोड रुपैयाँ रहेको छ ।

पीएमजीसीका सम्पूर्ण खेल पब्जी मोबाइल ईस्पोर्टसको आधिकारिक युट्युव च्यानलमार्फत हेर्न सकिन्छ । 

The post ७२ कराेड पुरस्कार राशिकाे पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप सुरु appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3EmPYkJ
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प