कसैसँग सम्झौता नगर्ने एसपी बस्नेतको प्रतिबद्धता

वीरगञ्ज, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले अपराधीक क्रियाकलापको नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरिय परिसर काठमाण्डौबाट सरूवा भएर पर्सा जिल्लामा आएका एसपी बस्नेतले आइतवार सञ्चारर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा अमनचयन कायम गर्नुका साथै अपराधन अनुसन्धानमा दृढताका साथ लाग्ने बताए ।
बुधवारदेखि पर्सा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी बस्नेतले जिल्ला मातहतका ७१ वटा युनिटलाई अँझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् । छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरूको सहयोग प्राप्त हुने एसपी बस्नेतको विश्वास छ । परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले पर्सा जिल्लामा पत्रकारहरूको तर्पmबाट एसपी बस्नेतलाई स्वागत गर्दै यहाँको बसाई उपलब्धिमुलक एवम् फलदायी होस् भन्ने कामना गरेका छन् । साथै सिमा क्षेत्रमा सर्वसाधारणलाई दिइने सास्तीमा गम्भीर भएर लाग्न पनि सचिव चौहानले अपिल गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारी लगायत राष्ट्रिय एवम् स्थानीयस्तरका सञ्चार संस्थाहरूमा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प