देशभर फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशभर उपलब्ध फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्ने भएको छ ।

प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको पहुँच, गुणस्तर मापन र त्यसको विश्लेषण गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको हो ।

यसका लागि प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ ।

इच्छुक कम्पनीले १५ दिन अर्थात् आउँदो जनवरी ९ तारिखको राति १२ बजेसम्म आवेदन दिन सक्नेछन् । प्राधिकरणले यसअघि ग्रामीण दूरसञ्चार विकास कोषमार्फत सञ्चालित परियोजनालाई समेट्ने गरी यो परियोजना अघि बढाएको हाे ।

यसअघि प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत तीन प्याकेजमा देशका विभिन्न क्षेत्रमा इन्टरनेट विस्तारको काम गरेको छ । सोही परियोजनाले समेटेका क्षेत्रका प्रयोगकर्ता तथा सरकारी निकायलाई समेटेर यो अध्ययन गरिने जनाइएको छ ।

BID-DOCUMENT-20211227-5

The post देशभर फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3pv3VI3
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प