आफूसँग आईफोन भए पनि तपाईंंलाई थाहा नहुनसक्छ यी ट्रिक्स
काठमाडौं । यदि तपाईंंसँग आईफोन छ भने त्यसलाई निकै सहज रुपमा दैनिक प्रयोगमा ल्याउन सक्नुहुन्छ । एप्पलले हालैमात्र आईफोनका लागि केही टिप्स तथा ट्रिक्सको विषयमा जानकारी दिएको छ ।
यी टिप्स तथा ट्रिक्सको बारेमा अधिकांश आईफोन प्रयोगकर्तालाई थाहा नहुन सक्छ । निकै उपयोगी यी टिप्सको सहयोगमा तपाईं धेरै काम गर्न सक्नुहुन्छ ।
१. नोट्स एपमार्फत डकुमेन्ट स्क्यान
आईफोनमा रहेको नोट्स एपले सोझै डकुमेन्ट स्क्यान गर्ने सुविधा दिन्छ । यसका लागि तपाईंले क्यामेरा बटनमा ट्याप गर्नुपर्ने हुन्छ र स्क्यान डकुमेन्ट्सको विकल्प चयन गर्नुपर्ने हुन्छ ।
यति गरिसकेपछि तपाईंले क्यामेरालाई स्क्यान गर्न चाहेको डकुमेन्टमाथि राखेर स्क्यान गर्नुहोस् । डकुमेन्ट स्क्यान भएपछि सेभमा ट्याप गर्नुहोस् ।
२. म्यासेज पिन गरेर राख्नुहोस्
एप्पलले आईओएस १५ अपडेटसँगै म्यासेज पिन गर्ने फिचर थपेको छ । यो फिचरको सहयोगमा तपाईंले कुनै पनि वेब लिङ्क तथा म्यासेजलाई पिन गरेर राख्न सक्नुहुन्छ । यसरी तपाईंले जुन म्यासेजलाई पिन गर्नुहुन्छ, त्यो सबैभन्दा माथि सिरानीमा अडिएर बस्छ ।
आवश्यक परेको खण्डमा यसलाई सजिलै फेला पार्न सकिन्छ । यदि तपाईंले कुनै चिजलाई पिन गर्नु छ भने म्यासेज थ्रेड खोल्नुहोस् र रिसिभ्ड म्यासेज (प्राप्त म्यासेज) वा लिङ्कमा ट्याप गर्नुहोस् र पपअप मेनुबाट पिनलाई चयन गर्नुहोस् ।
३. स्मार्ट स्ट्याकबाट होम स्क्रिनलाई थप उपयोगी बनाउनुहोस्
तपाईंले स्मार्ट स्ट्याक फिचर प्रयोग गरेर अधिकतम १० विजेटको स्ट्याक बनाउन सक्नुहुन्छ । यो फिचर आईओएस १४ को साथमा आएको थियो । जसले प्रयोगकर्तालाई एक-अर्कामाथि १० विजेट्सको स्ट्याक बनाउन दिन्छ ।
यो स्मार्ट यसकारणले छ कि, दिउँसोको समयमा तथा प्रयोगकर्ताले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने आधारमा काम गर्छ ।
उदाहरणका लागि म्युजिक एप सुरुमा हुन्छ । जब तपाईं व्यायाम गरिरहनु भएको हुन्छ र दिनको सुरुवातमा हुनुहुन्छ भने क्यालेन्डरले अपोइन्टमेन्ट देखाउँछ । यसका लागि तपाईंले सुरुमा एडिट मोडमा जानुपर्ने हुन्छ ।
त्यसपछि आफ्नो होमस्क्रिनमा रहेको खाली भागमा दबाएर राख्नुहोस् । स्ट्याक तयार पार्नका लागि एउटा विजेटलाई अर्कामाथि खिच्नुहोस् । स्ट्याक तयार भइसकेपछि थप गर्नका लागि अन्य विजेट्सलाई स्ट्याकमा तान्न सक्नुहुन्छ ।
यति गरिसकेपछि माथि दायाँ तर्फ कुनामा रहेको ‘डन’ मा ट्याप गर्नुहोस् ।
४. अन्य एपमा राख्नका लागि थुप्रै फोटो चयन गर्नुहोस्
यो फोटो ट्रिकको सहयोगमा तपाईंले वेब पेजसँग कम्प्याटिबल एपमा फोटो चाँडै सेभ गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले एउटा औँलाले एक फोटो चयन गर्नुपर्ने हुन्छ र त्यसलाई सार्नुपर्ने हुन्छ ।
फेरि अन्य फोटोलाई स्ट्याकमा थप गर्नका लागि ट्याप गर्नुहोस् । यति गरिसकेपछि एउटा कम्प्याटिबल एपमा नेभिगेट गर्नुपर्ने हुन्छ र ती फोटोलाई त्यहाँ लगेर छोड्नुपर्ने हुन्छ ।
५. म्यासेज छिटो टाइप गर्न टेक्स्ट रिप्लेसमेन्ट बनाउनुहोस्
यदि तपाईं टाइप गर्दा एउटै वाक्यांशलाई धेरै प्रयोग गर्नुहुन्छ भने केवल एउटा शब्द टाइप गरेर उक्त वाक्यांशलाई राख्न अटोमेटिक टेक्स्ट रिप्लेसमेन्ट तयार पार्न सक्नुहुन्छ । टेक्स्ट रिप्लेसमेन्ट गर्नका लागि सेटिङ्ग्समा जानुहोस् र जनरल हुँदै किबोर्डमा गएर टेक्स्ट रिप्लेसमेन्टमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि माथि दायाँतर्फ रहेको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् र आफूले कुनै शब्दबाट परिवर्तन गर्न चाहेको वाक्यांश राख्नुहोस् । त्यसपछि अर्को स्तम्भमा त्यससँग सम्बन्धित शब्द उल्लेख गर्नुहोस् ।
६. फोटोबाट अक्षर तथा अन्य विवरण कपी र पेस्ट गर्नुहोस्
आईओएस १५ मा आएको लाइभ टेक्स्ट फिचरले प्रयोगकर्तालाई डिफल्ट क्यामेेरा एपको माध्यमबाट टेक्स्टसँग अन्तरक्रिया गर्ने सुविधा दिन्छ । जब क्यामेरा एपले कुनै तस्वीरलाई स्क्यान गर्छ, त्यसपछि प्रयोगकर्तालाई टेक्स्टसँग अन्तर्क्रिया गर्ने विकल्पहरू दिन्छ ।
यसका लागि तपाईंले क्यामेरा एप खोलेर आफूले स्क्यान गर्न चाहेको कागजात माथि राख्नुहोस् । त्यसपछि तपाईंले तल दायाँ कुनामा स्क्यान डकुमेन्ट आइकनमा दबाउनुपर्ने हुन्छ । जब स्क्रिनमा टेक्स्ट देखिन्छ, त्यसलाई छनौट गर्न, कपी गर्न र पेस्ट गर्न सक्नुहुन्छ ।
७. ग्यालरीमा पहिलो फोटोमा वा माथि स्क्रोल नगरेरै सर्च रिजल्ट हेर्नुहोस्
ग्यालरीमा फोटो हेर्नका लागि तपाईंंले आईफोन स्क्रिनको माथि ट्याप गर्नुपर्ने हुन्छ । यसले स्वतः पहिलो फोटो वा सर्च रिजल्टको माथिसम्म स्क्रोल गर्छ । सँगै सबैभन्दा पछिल्लो अर्थात हालैको फोटोमा जानका लागि उक्त सेक्सन आइकनमा ट्याप गर्नुहोस्, जसमा तपाईं हुनुहुन्छ ।
८. होम स्क्रिन तथा लकस्क्रिनमा सर्च गर्नुहोस्
तपाईंले सर्च बारमा पुग्नका लागि होम स्क्रिन अथवा लकस्क्रिनबाट तलतर्फ स्वाइप गर्नुपर्ने हुन्छ । यो फिचर आईओएस १५ सँगै आएको हो । त्यसपछि तपाईंले क्वेरीमा टाइप गर्नुपर्ने हुन्छ, जसलाई तपाईं सर्च गर्न खोज्दै हुनुहुन्छ । यसमा तपाईंले एप वा वेबसमेत सर्च गर्न सक्नुहुन्छ ।
९. लक स्क्रिनबाट क्यामेरामा पहुँच बनाउनुहोस्
यो फिचर आईफोनमा निकै लामो समयदेखि उपलब्ध छ । लक स्क्रिनबाट क्यामेरामा जानका लागि केवल तपाईंले बाँयातर्फ स्वाइप गरे पुग्छ ।
The post आफूसँग आईफोन भए पनि तपाईंंलाई थाहा नहुनसक्छ यी ट्रिक्स appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/3FHanS4
via
Comments
Post a Comment