सुरु भयो स्मार्ट लाइसेन्सको छपाई, हुलाकबाट घर-घरमा पुर्‍याइने

काठमाडौं । सात महिनाको पर्खाइपछि स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारीचालक परिचयपत्र) को छपाई आजदेखि सुरु भएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवकाे उपस्थितिमा औपचारिक रुपमा लाइसेन्स छपाई सुरु गरिएकाे हाे । कार्यक्रममा बोल्दै मन्त्री यादवले अब सेवाग्राहीकाे घर-घरमा ड्राइभिङ लाइसेन्स पुर्‍याइने बताइन् ।

‘टाढा-टाढाबाट काठमाडौं आएर लाइसेन्सको ट्रायल दिएर लाइसेन्स नआएसम्म यही बस्नुपर्ने बाध्यता हटाउनको लागि पनि हामी काम गरिरहेका छौं,’ उनले भने, ‘यस्ता सेवाग्राहीका लागि हुलाकबाटै लाइसेन्स सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था पनि हामी गर्नेछौं ।’

आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुने बताइएको छ ।

प्रति घण्टा ४५० वटा कार्ड छाप्नसक्ने क्षमता भएको यो मसिनमार्फत तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुने विभागले जनाएको छ । त्यस्तै माघ महिनाभित्र स्मार्ट लाइसन्स लिन बाँकी भएका सबैलाई लाइसन्स वितरण गर्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

कार्यक्रमकाे दौरान मन्त्री यादवले छपाई मसिनले कसरी काम गर्छ र कसरी छपाई हुन्छ लगायतको जानकारी लिएकी थिइन् । योसँगै उनले ट्राफिक जरिवाना क्यूआर कोडबाट तिर्दा तत्काल कागजात फिर्ता पाउने व्यवस्थाको पनि आजै अवलोकन गरिन् ।

The post सुरु भयो स्मार्ट लाइसेन्सको छपाई, हुलाकबाट घर-घरमा पुर्‍याइने appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3quFfPf
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प