टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून, तीन वर्षमै ५७.३७ प्रतिशत गिरावट

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून देखिएको छ । ११६.५६ रुपैयाँ रहेको टेलिकमको प्रति शेयर आम्दानी बिदा हुने तरखरमा रहेका वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकालमा ५७.३७ प्रतिशतले घटेर ४९.६९ प्रतिशतमा झरेको हो । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा अधिकारी प्रबन्ध निर्देशक नियुक्त हुनु अघि अर्थात् २०७४/०७५ मा कम्पनीको प्रति शेयर आम्दानी इतिहासकै उच्च विन्दुमा रहेको थियो । तर उनको तीन वर्षे कार्यकाल सुरु भएसँगै त्यस्तो आम्दानीमा लगातार गिरावट देखिएको हो । 

स्रोतः नेपाल टेलिकमको वित्तीय प्रतिवेदन

नेपाल टेलिकमको वित्तीय प्रतिवेदन अनुसार अधिकारीको कार्यकालको पहिलो वर्ष (२०७५/०७६) मा ६५.०५ रुपैयाँमा झरेको प्रति शेयर आम्दानी दोस्रो वर्ष (२०७६/०७७) मा ६४.९९ रुपैयाँ र तेस्रो वर्ष (२०७७/०७८) मा ४९.६९ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको आम्दानी र नाफा दुवैमा गिरावट आउँदै गएपछि त्यसको असर कम्पनीको प्रति शेयर आम्दानीमा समेत परेको हो । 

प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई बुद्धि आचार्य कामिनीराज भण्डारी डिल्लिराम अधिकारी
आर्थिक वर्ष २०६९/०७० २०७०/०७१ २०७१/०७२ २०७२/०७३ २०७३/०७४ २०७४/०७५ २०७५/०७६ २०७६/०७७ २०७७/०७८
आम्दानी रू. अर्बमा ३८.८६ ३९.५२ ४२.६४ ४४.२१ ४४.५९ ४५.२७ ४३.४८ ४२.९९ ४१.६४
खुद नाफा रू. अर्बमा ११.३० ११.५५ १४.५६ १३.६८ १५.३७ १७.४८४ १०.२०८ ९.७४९ ७.४५४
प्रति शेयर आम्दानी ७५.३३ ७७.१२ ९७.०४ ९०.३६ १०२.४९ ११६.५६ ६५.०५ ६४.९९ ४९.६९

कम्पनीमा नेपाल सरकारको ९१.५० प्रतिशत, सर्वसाधारणको ८.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै यही पुस २२ गते बाहिरिँदैछन् ।

रिक्त रहने टेलिकम प्रमुख नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । जसका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चार वर्षे नयाँ कार्यकालका लागि कम्पनीको बिग्रिँदो वर्तमान आर्थिक परिसूचक र बजार सुधार गर्नुपर्ने चुनौती सामना गर्न त्यति सहज हुनेछैन ।

The post टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून, तीन वर्षमै ५७.३७ प्रतिशत गिरावट appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3JqPo89
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प