‘फोनपे’ बाट रकम ट्रान्सफर गर्ने ३० जनाले पाए आईफोन १३

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आईफोन हस्तान्तरण गरिएको छ ।

फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरी ल्याएको यस योजना हालसम्म ३० जनालाई आईफोन १३ हस्तान्तरण गरिएको हो । विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आईफोन हस्तान्तरण गरे ।

यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एउटा आईफोन जित्न सक्नेछन् । यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपले जनाएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै सहज रुपमा रकम पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

The post ‘फोनपे’ बाट रकम ट्रान्सफर गर्ने ३० जनाले पाए आईफोन १३ appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3qwiM4u
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प