गाँजा सहित २२ वर्षीय युवक पक्राउ

सर्लाही, १६ पुस । प्रहरीले एक युवकलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीका सुन्दरपुर–२ का २२ वर्षीय पप्पु राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
सर्लाहीको ईश्वरपुर–१२ बाँके चौक स्थित प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पैदल यात्री रामलाई चेक जाँच गर्दा उनको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प