यसरी बुझ्नुहोस् रिमोट डेक्सटप र भर्चुअल डेक्सटप

काठमाडाैं । पछिल्लो समय हामी धेरै अनलाइनमा भर पर्न थालेका छाै‌ । यस्तोमा हामीले घरबाटै अफिसका ल्यापटप, कम्प्युटरमा पहुँच बनाएर काम गरिरहेको पनि अवस्था छ । त्यसका लागि हामीले धेरै प्रविधिहरुकाे प्रयोग गरिरहेका हुन्छाै‌ ।

त्यस्तोमा रिमोट डेक्सटप र भर्चुअल डेक्सटपकाे विषयमा यहाँ हामी जानकारी दिँदैछाै । 

के हो त रिमोट डेक्सटप भनेको ? 

रिमोट डेक्सटप प्रोग्रामले तपाईंलाई अर्को स्थानमा अवस्थित कम्प्युटर एक्सेस गर्न र डेक्सटपसँग अन्तर्क्रिया गर्न अनुमति दिन्छ। तपाइँ भौतिक रुपमै डेस्क्टप अघि बसेर चलाए जस्तै गरि अर्कै स्थान बाट एसेस गर्न सक्नुहुन्छ।

कोभिड-१९ को समयमा हार्डवेयर प्रयोग गर्न सम्भव नहुँदा रिमोट डेक्सटप जस्तै भर्चुअलाइजेशन टुलको प्रयोग निकै उपयोगी साबित भयो।

रिमोट डेक्सटप सफ्टवेयर सामान्यतया सबै  प्रकारका अपरेटिङ सिस्टमहरूमा उपलब्ध हुन्छ ।  इन्टरनेटमा होस्ट कम्प्युटर कनेक्ट गर्न क्लाइन्ट कम्प्युटर इनेबल गरेर काम गर्दछ।

होस्ट डिभाइसले सफ्टवेयर र अपरेटिङ सिस्टमलाई  क्लाइन्ट डिभाइसमा देखाउँछ। क्लाइन्ट डिभाइसको  माउस र किबोर्ड इनपुटहरू क्याप्चर गरेर र होस्ट मेसिनमा फिर्ता पठाएर, रिमोट डेक्सटप सफ्टवेयरले व्यक्तिहरूलाई उनीहरूको सामान्य डेक्सटपसँग अन्तरक्रिया गर्न अनुमति दिन्छ।

रिमोट डेस्क्टप : फाइदा र बेफाइदा

रिमोट डेक्सटप सफ्टवेयरको मुख्य फाइदा भनेको  इन्टरनेट उपलब्ध हुने जुनसुकै ठाउँबाट काम गर्न सकिने हो।   यदी तपाइँसँग इन्टरनेट जडान भएको कम्प्युटर छ भने कुनै पनि कम्प्युटर तपाईंले सहजै पहुच बनाउन सक्नुहुन्छ ।

रिमोट डेक्सटप प्रोटोकलहरूको अर्को फाइदा उनीहरूको सेक्युरिटी पनि हो। प्रयोगकर्ताहरूले आफ्ना कागजातमा सुरक्षित रुपले पहुँच बनाउन सक्छन् । सबै फाइलहरूमा इन्क्रिप्टेड कनेक्सन गरिएको हुन्छ।

धेरै लाइसेन्स खरिद गर्नुको सट्टा, व्यवसायले कर्मचारीहरूलाई रिमोट डेक्सटप सेट अप गरेर तिनीहरूलाई विजनेस उपकरणमा एक्सेस दिन सकिन्छ। तर सँगै ठुलो स्केलमा रिमोट डेक्सटप सेवा डेलिभर गर्दा शक्तिशाली सफ्टवेयरको साथै बलियो नेटवर्क कनेक्सन आवश्यक पर्ने हुन्छ ।

भर्चुअल डेक्सटप के हो ?

भर्चुअल डेक्सटप र रिमोट डेक्सटपले एउटै सुबिधा दिने भए पनि  केहि  महत्त्वपूर्ण भिन्नता छन् । भर्चुअल डेक्सटपले अपरेटिङ सिस्टम वा एप्लिकेसनको पूर्व कन्फिगर गरिएको इमेज प्रदान गर्दछ। इन्टरनेटमा, कुनै पनि इन्ड प्वाइण्ट डिभाइस ल्यापटप, ट्याब्लेट वा स्मार्टफोन भर्चुअल डेक्सटप एक्सेसका लागि प्रयोग गर्न सकिन्छ।

अन-प्रिमाइस वा क्लाउडमा होस्ट गरिएको, भर्चुअल डेक्सटप रिमोट डेक्सटप भन्दा बढी जटिल हुन्छन् । भर्चुअल डेक्सटपले प्रयोगकर्तालाई आफ्नो डेक्सटप र एप्लिकेसन कुनै पनि प्रकारको इन्ड प्वाइण्ट डिभाइस जहाँसुकैबाट एक्सेस गर्न दिन्छ। आइटी संस्थाहरूले यी डेक्सटपलाई डेटा सेन्टरबाट डिप्लोय गर्न, व्यवस्थापन गर्न र मनिटर गर्न सक्छन् ।

भर्चुअल डेक्सटप : फाइदा र बेफाइदा

सेक्युरिटी : सबै डेटा इन्ड प्वाइण्ट डिभाइसमा स्टोर नभई  डेटा सेन्टरमा स्टोरमा हुन्छ। इन्ड प्वाइण्ट डिभाइस चोरी भएको अवस्थामा पनि डिभाइसमा कुनै डेटा रहदैन।

सहजता :  आईटी प्रशासकले छिटो र सजिलैसँग प्रयोगकर्तालाई भर्चुअल डेक्सटप एलोकेट गर्न सक्छन्,  महँगो भौतिक मेसिन उपलब्ध गराईराख्नु पर्दैन।

लागत: भर्चुअल डेक्सटपलाई भौतिक उपकरण र मर्मत खर्च धेरै कम पर्दछ।

सबै प्रोसेसिङ्ग व्यक्तिगत उपकरणहरूबाट भर्चुअल डेक्सटप सर्भरमा सर्ने हुनाले धेरै पीसी अपग्रेड गर्न आवश्यक नपरे पनि  सर्भर हार्डवेयर, भण्डारण, र नेटवर्क डिभाइसमा  व्यापक लगानी आवश्यक पर्दछ।

The post यसरी बुझ्नुहोस् रिमोट डेक्सटप र भर्चुअल डेक्सटप appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3zd4wS7
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प