प्रदेश नंं २ मा धेरै कुपोषित हुनुमा जनचेतनाको अभाव ः मुख्यमन्त्री राउत


जनकपुरधाम, १६ पुस । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकलाई समृद्ध बनाउनका लागि आमाको गर्भदेखि नै शिशुका लागि चाहिने पोषण खाद्य पदार्थको सेवन गराउनका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ  । 
राष्ट्रिय योजना आयोगद्वारा आज जनकपुरधाममा आयोजना गरिएको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभएको हो । 
उहाँले पोषणको अभावले घर परिवार, समाज, प्रदेश हुँदै समग्र देशको नागरिक कमजोर बन्ने भएकाले पोषण सुधारको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि के गर्नुपर्दछ त्यो गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो । 
मुख्यमन्त्री राउतले प्रदेश नंं २ पोषण तथा मानव सूचकाÍको दृष्टिकोणले निक्कै पछाडि रहेको बताउँदै गाउँँ गाउँँमा जनचेतना फैलाउनु खालका कार्यक्रम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले खास गरेर प्रदेश नंं २ को दलित तथा मुस्लिम समुदायमा पोषणको अवस्था अझै कमजोर रहेको बताउँदै महिला तथा बालबालिकाको पोषण सुधारका लागि विशेष अभियान नै चलाउनुपर्ने अवस्था रहेको बताउनुभयो । 
खाद्यान्न, तरकारी, दूध तथा फूल, माछा मासुको उत्पादनका दृष्टिकोणले प्रदेश २ अगाडी भए पनि पोषणमा पछाडि पर्नुको प्रमुख कारण नै शिक्षा, गरिबी तथा अज्ञानता नै भएको बताउनुभयो । 
प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा प्रदेश  नंं २ को पोषण अवस्थामा सुधारका लागि धेरै विषयमा सुधार गर्न आवश्यक भएको बताउनुभयो । 
राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्करर प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सह सचिव डा.किरण रूपाखेती, कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, प्रदेश नीति तथा योजना आयोगका निमित्त सचिव दानीकान्त झाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प