सर्लाहीमा निषेधाज्ञा जारी


सर्लाही । ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ । प्रहरीले त्यस क्षेत्रमा तनाव बढेपछि निषेधाज्ञा लागू गरेको हो ।
आईतवार प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो । बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले फेरि आज बेलुका ७ बजेसम्मका लागि बयलबास बजार र त्यसको आसपासका क्षेत्रमा कुनै पनि जुलुस, भेला जमघट हुन नपाउने गरी निषेधाज्ञा लागू गरेको हो ।
पीडित परिवारलाई राहत स्वरूप १० लाख रुपियाँँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भए पनि पुनःप्रदर्शन हुनसक्ने भन्दै निषेधाज्ञा लागू गरेको स्थानीय प्रशासनले जनाएको हो।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प