स्कुल र कलेजलाई डिजिटल बनाउन नयाँ सफ्टवेयर सञ्चालनमा

काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने उद्देश्यसहित नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । डिजी टेक्नोलोजी प्रालिले विकास गरेको यो सफ्टवेयरको नाम हो, ‘स्कुल वर्क्स प्रो’

डिजिटल नेपालको अभियान चलिरहेको बेला विद्यालय र कलेजलाई डिजिटल बनाउने योजनासहित नयाँ सफ्टवेयर विकास गरिएको डिजी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रमोद पौडेलले बताए ।

सफ्टवेयरमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कुल शुल्क, विद्यालयको एकेडेमीक क्यालेन्डर लगायत हेर्न सक्नेछन्, जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पौडेलको भनाइ छ ।

शिक्षकले सफ्टवेयरमै गृहकार्य/असाइनमेन्ट दिने र सोको जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज/पोल मार्फत विद्यार्थीको गतिविधि बढाउने लगायतका काम गर्न सक्छन् ।

त्यस्तै कक्षाको रुटिन, शैक्षिक स्रोतसाधन व्यवस्थापन लगायत ई-लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ ।

स्कुल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मूल्यांकन, रिजल्ट व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम सफ्टवेयरमार्फत नै नियन्त्रण गर्नसक्ने जनाइएको छ ।

त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्याङ्कन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबीच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी हुने कम्पनीकाे दाबी छ ।

विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् ।

यो सफ्टवेयरको कार्यान्वयनपछि मानव संसाधन, प्रिन्ट, सञ्चारलगायतको खर्च घट्ने बताउँदै पौडेल भन्छन्, ‘प्रविधिको सदुपयोगले सीमित कर्मचारीबाट पनि कार्यक्षमता बढाउन सकिन्छ ।’

शिक्षामा अन्तर्क्रियात्मक व्यवस्थालाई प्राथमिकता दिँदै स्कुल वर्क्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकीकृत प्रणालीमा व्यावस्थापन गर्न सहयोग पुर्‍याउने उनले बताए ।

स्कुल वर्क्स प्रोको सुविधा वेबमा मात्र नभई मोबाइल एपमार्फत पनि लिन सकिने बताइएको छ ।

The post स्कुल र कलेजलाई डिजिटल बनाउन नयाँ सफ्टवेयर सञ्चालनमा appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3eBV558
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प