कुमारी बैंक ह्याक गरी पैसा लैजाने ह्याकरको धम्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम डाउन

काठमाडौं । ह्याकरले कुमारी बैंकको बैंकिङ सिस्टम ह्याक गरी पैसा लैजाने धम्की दिएको छ । साउदी ग्रुप नामक ईमेलबाट बुधबार धम्कीपूर्ण ईमेल प्राप्त भएसँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम सिस्टम, वेबसाइट लगायत आफ्नो सम्पूर्ण सिस्टम डाउन गरेको छ ।

सिस्टम डाउन गरी धम्कीमा भनिए जस्तो जोखिम रहे नरहेको चेकजाँच गर्ने काम भइरहेको बैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सिस्टम ह्याक गर्ने धम्की आएपछि आवश्यक सतर्कता अपनाउन सम्बन्धित बैंकलाई भनिएको जानकारी दिए ।

‘हामीले साइबर सुरक्षा सम्बन्धी गाइडलाइन बनाएर निश्चित मापदण्ड अनुरूप बैंकिङ सिस्टम सुरक्षित राख्नुपर्ने निर्देशन यस अघि नै दिइसकेका छौँ,’ उनले भने, ‘बैंकले पनि आफ्नो सिस्टममा त्यस्तो कुनै सुरक्षा जोखिम नरहेको जानकारी दिएको छ ।’

त्यसो त यस अघि पनि गत साउनमा नेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्की आएको थियो । त्यससँगै देशको सम्पूर्ण बैंकिङ सिस्टम नै डाउन गरिएको थियो । 

The post कुमारी बैंक ह्याक गरी पैसा लैजाने ह्याकरको धम्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम डाउन appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3pFvxKJ
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प