प्राधिकरणको बढुवा प्रक्रियामा लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्यांकनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिको विषयमा परेको मुद्दामा उच्च अदालत पाटलले लोकसेवा आयोगलाई थप जानकारी उपलब्ध गराउन आदेश दिएकाे छ ।

मंगलबार बबिता उप्रेती र किरण पौडेलको संयुक्त इजलासले मुद्दाकाे प्रतिवादी रहेकाे लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश दिएको हो ।

यसअघि अघिल्लो गत मंसिर २८ गते प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठलगायत सात कर्मचारीले उच्च अदालतमा बढुवाको विषयलाई लिएर रिट निवेदन दायर गरेका थिए ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

साथै अन्तरिम आदेशका लागि पुस ७ गते छलफलका लागि बोलाइएको थियो ।

सो छलफलपछि सुनवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र किरण पौडेलको संयुक्त इजलासले विपक्षीलाई म्याद जारी गर्ने आदेश दिएको थियो ।

The post प्राधिकरणको बढुवा प्रक्रियामा लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/3sBbxe8
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प