भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर


सर्लाही, १६ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सर्लाहीका वडाध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
काठमाडौंस्थित विशेष अदालतमा शुक्रवार अख्तियारले ईश्वरपुर नगरपालिका–११ का वडाध्यक्ष राम दुलार साहसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
उनीसँगै वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरूद्ध पनि भ्रष्टाचार गरेको आरोप छ।
भलुवाई सडकमा ढलान गरेपछि उपभोक्ता समितिलाई काम सम्पन्न सिफारिस गरेबापत एक लाख ५० हजार रुपियाँँ घुस माग गरिरहेको भन्ने सूचना अख्तियारले पाएपछि वडाध्यक्षसहित तीन जनालोई पक्राउ गरेको थियो ।
वडासदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपियाँँ घुस लिइसकेको अवस्थामा कात्तिक २९ गते पक्राउ गरेको थियो भने अनुसन्धानबाट वडाध्यक्ष साहले पनि घुस मागेको भन्ने पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गरेको छ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प