दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या

वीरगञ्ज, १४ माघ/
पर्साको वीरगञ्जस्थित नापी कार्यालयको दस्तावेज प्रविधि मैत्री नहँुदा सेवा प्रवाहमा समस्या हँुदै आएको  छ । डिजिटल युगमा अझै पनि पुरानै शैलीमा कागजपत्र तथा दस्तावेजबाटै  कार्यालयबाट सम्पादन हुँदै आएको काममा ढिलाइ हुने गरेको छ ।
वीरगञ्जस्थित नापी कार्यालयमा नक्सा, पुराना स्रेस्तालगायत काजगात पुरानै दस्तावेजीकरणअनुसार रहेका छन् । यी सबै काजगात हालसम्म पनि कम्प्युटरमा दस्ताबेजीकरण हुन नसक्दा कार्यसम्पादनमा कठिनाइ हँुदै आएको कार्यालयका प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सबै काजगात आवश्यकताअनुसार कम्प्युटरमा दस्ताबेजीकरण गर्न आवश्यक छ । 
कार्यालय भाडाका तीन भवनमा सञ्चालन हुँदै आएको छ  । कार्यालयमा हाल २५ कर्मचारी कार्यरत छन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प