बिटक्वाइनको आधिकारिक श्वेतपत्र अब नेपाली भाषामा पनि
काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको आधिकारिक श्वेतपत्र अब नेपाली भाषामा पनि पढ्न पाइने भएको छ । दुई युवा कृष्ण दाहाल र विवेक कोइरालाले बिटक्वाइनका संस्थापकको रुपमा चिनिँदै आएका सातोसी नाकामोतोले तयार पारेको बिटक्वाइनको श्वेतपत्रलाई नेपाली भाषामा अनुवाद गरेका हुन् ।
अन्य विभिन्न भाषासँगै अब नेपाली भाषामा पनि श्वेतपत्र सार्वजनिक भएको हो । याे श्वेतपत्र बिटक्वाइनको आधिकारिक वेबसाइटमा पढ्न सकिन्छ ।
श्वेतपत्रमा बिटक्वाइन भनेको के हो, यो कसरी सुरु भयो, यसमा रकम कसरी लेनदेन हुन्छ, ब्लकचेन प्रविधि, टाइमस्ट्याम्प सर्भर, काम कसरी हुन्छ, यसको नेटवर्किङ कस्तो हुन्छ, यसमा आम्दानी तथा भुक्तानी कसरी हुन्छ लगायतका विवरण उपलब्ध गराइएको छ ।
नेपालमा बिटक्वाइन लगायत कुनै पनि क्रिप्टोकरेन्सीको कारोबारमा सरकारले प्रतिबन्ध लगाएको छ । यद्यपि धेरै नेपालीले यसको विषयमा राम्रोसँग जानकारी पाइसकेका छैनन् ।
कतिले यसलाई सही भनिरहेका छन् भने कतिले यसलाई गलत बताइरहेका छन् । यही बीचमा करिब तीन हप्ता लगाएर यो श्वेतपत्र तयार पारिएको अनुवादक विवेक कोइरालाले बताए ।
bitcoin_npThe post बिटक्वाइनको आधिकारिक श्वेतपत्र अब नेपाली भाषामा पनि appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/tyZz6TVju
via
Comments
Post a Comment