यी युवाले बनाए २ करोड ७० लाख एमएएच भएको पावर बैंक !

काठमाडौं । बजारमा धेरै पावर बैंक उपलब्ध छन्, जुन थोरै मूल्यमै किन्न सकिन्छ । बजारमा रहेका यी पावर बैंकमध्ये धेरै १० हजार एमएएच क्षमताका छन् । के तपाईंले कहिल्यै २ करोड ७० लाख एमएएच को विशाल पावर बैंक देख्नुभएको छ ?

केही दिनअघि चीनका म्यानुअल गेन्ग नाम गरेका एक युवाले आफ्नो पछिल्लो आविष्कारका रुपमा २ करोड ७० लाख एमएएचको सुपर लार्ज पावर बैंक सार्वजनिक गरेका छन् ।

यी युवाका अनुसार यो विशाल पावर बैंकले बैंकले ३००० एमएएच ब्याट्री भएका पाँच हजार स्मार्टफोन फुल चार्ज गर्नसक्छ ।

यो पावर बैंक कुल ६० चार्जिङ पोर्टको साथ आउँदछ ।

यो यन्त्रले एकै समयमा धेरै मोबाइल चार्ज मात्र नगरी पावर बैंक र नोटबुक पनि चार्ज गर्न सक्छ । साथै यसले टेलिभिजन, वासिङ मसिन र राइस कुकरका लागि समेत पावर प्रदान गर्न उनले बताएका छन् ।

यस विशाल पावर बैंकको आकारबारे डिजाइनरले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । यद्यपि तस्वीबाट हामी बताउन सक्छौं कि, यो उपकरण लगभग ६ फिट लामो र ४ फिट चौडा छ । यसको मोटाई १ फिटभन्दा बढी छ ।

27,000,000 mAh power bank

तर यो निश्चित रूपमा खल्ती वा ब्याकप्याकमा फिट हुनेछैन । सम्भवतः यसलाई ढुवानी गर्न गाडी चाहिन्छ ।

यो पावर बैंकले विश्वको सबैभन्दा ठूलो चल्ने पावर बैंकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सजिलै नाम दर्ता गराउने अनुमान गरिएकाे छ ।

The post यी युवाले बनाए २ करोड ७० लाख एमएएच भएको पावर बैंक ! appeared first on Tech News Nepal.



from Tech News Nepal https://ift.tt/SyfPNsUuF
via

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प